एसईई चैत १९ गतेदेखि




कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिए ।

परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ । त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।

त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरआवसीय नेपाली विद्यार्थीको लागि अतिरिक्त अंग्रेजीको परीक्षा हुनेछ ।

कुन दिन कुन परीक्षा हेर्नुहोस् तालिका

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार