रावन विश्वकर्मा
वाईवाई पाँचौ बाँसगढी महोत्सवको रौनकता बढ्दै गएको छ । यहि फागुन १६ गते देखि सुरु भएको महोत्सवको अवलोकन गर्ने दर्शकहरुको संख्या बढ्दै गए पछि महोत्सवमा थप रौनकता बढ्दै गएको छ । महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकार, बाल उद्यान, बिभिन्न व्यापारिक स्टलहरु, थारु कला संस्कृति र बिभिन्न थारु परिकारहरुका लागि छुट्टै थारु गाँउको व्यवस्था गरिएकाले दर्शकको आकर्षण बढ्दै गएको मेला मुल आयोजक समितिका संयोजक तथा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंङ थारुले बताउनु भयो ।
महोत्सवमा १९ गते बिहिबार सबैको मन मुटुमा बस्न सफल चर्चित राष्ट्रिय कलाकार प्रकास सपुत आउने भएकाले बर्दियाबासीहरुलाई महोत्सव अवलोकनका लागि अनुरोध गरिएको छ । प्रकास सपुतका गलबन्दी च्यातियो, बोल मायाँ, फुटेका चुरा, कुरा बुझ्न पर्छ, बदला बरिलै, नमस्कार, दोहोरी व्याटल लगायतका दर्जनौ गितहरु चर्चित छन् । त्यस्तै रुबिना अधिकारीले पनि भिरमा सेती गाई, लाली जोवन, सोचे झै जिन्दगी रैनछ, ईट्रि मार्यो मायाँले लगायत चर्चित गितमा अभिनय गरिसक्नु भएको छ ।
महोत्सवमा १९ गते विहिबार बालक देखी बृद्ध सम्मको ढुकढुकी बनेका प्रकास सपुत, चर्चित मोडल रुविना अधिकारी, थारु गायिका श्रीदेबी थारु लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहने मेला प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले जानकारी दिनु भयो । “घुम्न जाऔँ बाँसगढी महोत्सव” भन्ने मुल नारा सहित बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सव फागुन २६ गते सम्म चल्ने छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्