
राप्तीसोनारी । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभाबाट विभिन्न महत्वपूर्ण विद्येयक र निति पारित भएको छ ।
गाउँपालिका प्रमुख तप्त पौडेलको स्वास्थ्य अवस्थाका कारणले उपचारको लागि भारत जानुभएकोले उपाध्यक्ष मनिसा सिंह थारुको अध्यक्षता १८औँ गाउँसभा सञ्चालन गरिएको थियो ।
सो सभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०८२ र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ पनि स्वीकृत गरिएको छ ।

त्यसैगरी, बेरुजु फछ्र्यौट गर्ने तथा वडा तथा शाखागत बजेट संशोधन सम्बन्धी विधेयक पारित गरिएको छ भने गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरूको म्याद थप सम्बन्धी प्रस्ताव पनि सभाबाट अनुमोदन गरिएको गाउँसभाको सचिवको रूपमा प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्