नवप्रवर्तनका लागि स्टिम शिक्षा विषयक व्यवसायीक क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न




शिवध्वज शाही, सुर्खेत

अमेरिकी प्राध्यापकको उपस्थितिमा व्यावसायिक कल्याण तथा शैक्षिक नवप्रवर्तनका लागि स्टिम शिक्षा (SEPWAI) विषयक व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम (FPEP) सम्पन्न गरिएको छ ।  मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर, सुर्खेत स्थित तालिम इकाइ हलमा आयोजित प्राध्यापकहरूको व्यावसायिक क्षमता अभिवृद्धि र शैक्षिक नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले व्यावसायिक कल्याण तथा शैक्षिक नवप्रवर्तनका लागि स्टिम शिक्षा (SEPWAI) विषयक प्राध्यापक व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम (FPEP) सम्पन्न भएको छ ।


कार्यक्रममा एन्ड्रयूज विश्वविद्यालय अमेरिकाकी विज्ञ प्राध्यापक डा. मारियन भि. प्रिन्सले स्टिम शिक्षाको अवधारणा, यसको व्यवहारिक प्रयोग, प्राध्यापकहरूको व्यावसायिक कल्याण तथा समसामयिक शैक्षिक नवप्रवर्तनका विषयमा सहजीकरण गरेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए ।


मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइ संयोजक कल्पना पौडेलले कार्यक्रमबाट शिक्षण सिकाइ सीप अभिवृद्धि हुनुका साथै विद्यार्थी–केन्द्रित, अनुसन्धानमुखी र नवप्रवर्तनमैत्री शिक्षण पद्धति विकासमा टेवा पुग्ने विश्वास लिएको बताईन ।
कार्यक्रममा सहजकर्ता डा. मारियनलाई मध्यपश्चिम विश्वविद्यालय अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक डा. पुष्पराज आचार्यले विश्वविद्यालयका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार