
कोहलपुरमा जारी कोहलपुर महोत्सवमा संचालन भईरहेको विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिताको फाईनलमा पुग्ने ६ वटा स्कुलको टुङ्गो लागेको छ । प्रतियोगितामा १४ वटा विद्यालयले भाग लिएका थिए । जसमध्ये तक्षशिला एकेमेडमी, जन ज्ञानज्योती पब्लीक स्कुल, गोरखा युनाईटेड, ग्रिनपिस मा.वि., निम्बल एकेडेमी र वेष्टर्न ई.मी. स्कुल फाईनलकालागी छनौट भएका छन ।
छनौट भएका छ टिममध्ये उत्कृष्ट तिन टिमलाई प्रथम, द्धितिय र तृतिय घोषणा गरीने कला, सस्मृती तथा आतिथी सत्कार उपसमितिका सह–संयोजक देबीलाल सुनारले जानकारी दिए । सुनारका अनुसार प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगर पुरस्कार पाउनेछन ।
यहि पुष ९ गतेदेखी संचालन भएको महोत्सव १८ गतेसम्म संचालन हुनेछ । महोत्सवस्थलमा बालउद्यान, थारु गाउँ, व्यवसायिक स्टल तथा विभिन्न प्रदर्शनी कक्षहरू आकर्षणका केन्द्र बनेका छन् । महोत्सवमा यस वर्ष नयाँ प्रयोगका रूपमा हरेक दिन बिहान “टक शो” कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ ।
कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको कोहलपुर महोत्सव–२०८२ मा भोली पनि दर्शकको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।
भोली आउने कलाकारहरू
महोत्सवको आठौं दिन बुधबार चर्चित गायक प्रकाश सपुत, कला लम्साल र भगवती खनालको विशेष प्रस्तुति रहनेछ । स्थानीय कलाकारहरूको प्रस्तुति पनि समावेश गरिने आयोजक समितिले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्