डुडुवाले ”हाम्रो डुडुवा ” नामक स्थानीय पाठ्यक्रम सार्वजनिक




शिवध्वज शाही, कोहलपुर । डुडुवा गाउँपालिकाले हाम्रो डुडुवा नामक स्थानीय पाठ्यक्रम कार्यन्वयनका लागि सार्वजनिकिकरण गरेको छ । एक औपचारिक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सार्वजनिक गरेका हुन । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष एवम् स्थानीय पाठ्यक्रम निर्माण समितिका अध्यक्ष चौधरीले स्थानीय पाठ्यक्रम कार्यन्वयन गर्न पाउनु उपलब्धि भएको जानकारी दिए ।


उनले आफ्नो सपना नै स्थानीय स्तरका हरेक भाषा, पेशा, माटो, धर्म, जाती, स्रोत सामग्रीको प्रयोग गरि स्थानिय स्तरमा भएका हरेक रितिरिवाज, संस्कारर संस्कृतिको जगेर्ना गर्नु स्थानीय सरकारको जिम्मेवारी भएको वताए । उनले अहोरात्र खटिएर स्थानीय पाठ्यक्रम निर्माण गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकाय र व्यक्ति लाई धन्यवाद व्यक्त गरे ।
उनले स्थानीय पाठ्यक्रम अन्य पालिका भन्दा फरक रहेको जानकारी दिए । नैतिक शिक्षा तथा संस्कारयुक्त शिक्षा लाई प्राथमिकता दिएर पाठ्यक्रम निर्माण गरेकोमा सबैलाई धन्यवाद दिदै विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयमा सहजीकरण गर्न निर्देशन दिए । विद्यालय कार्यन्वयन गराउने र शिक्षकले कार्यन्वयन गर्ने पक्ष भएकाले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।


कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एवम् पाठ्यक्रम विज्ञ एकराज शर्माले हाम्रो डुडुवामा डुडुवाको माटो सुहाउँदो पाठ्यक्रम निर्माण गरिएको जानकारी दिए । उनले डुडुवामा ६ वटा वडा रहेकोे र सबै वडाको परिवेश, सन्दर्भ, भाषा, पेशा, जाती, धर्म अनुसारका अलग अलग रितिरिवाज, संस्कार र संस्कृति लाई जगेर्ना गर्ने गरि निर्माण गरिएको जानकारी दिए ।

उनले हाम्रो डुडुवामा नैतिक शिक्षा र संस्कारमुलक शिक्षा लाई समावेश गरेकोले डुडुवाका स्थानीय बासिको लागि यो व्यवहारिक शिक्षाका रूपमा विकास भएर भावी सन्ततिले संस्कार र संस्कृति मात्र होइन नैतिक आचरण, व्यवहारको ज्ञान प्राप्त गरि अग्रजको सम्मान र सन्तति लाई माया गर्न सिक्ने वताए । उनले आजको २१ औ शाब्दिमुलक स्थानीय पाठ्यक्रमले स्थानीय स्रोत साधनको प्रयोग गरि सिक्न र सिकाउन सकिने वताए ।


उक्त पाठ्यक्रम निर्माण समितीमा श्री नरेन्द्र कुमार चौधरी अध्यक्ष, श्री शाहिदा बानो उपाध्यक्ष, श्री अशोक कुमार पाण्डेय निमित्त प्रमुख प्रशासकीय अधिकृत सदस्य, श्री दुर्गा प्रसाद वर्मा वडा अध्यक्ष सदस्य, श्री अमोद कुमार तिवारी वडा अध्यक्ष सदस्य, श्री सगीर खाँ वडा अध्यक्ष सदस्य, श्री संजय कुमार कर्ण शिक्षा शाखा प्रमुख सदस्य-सचिव, श्री रामएकवाल मण्डल सदस्य, श्री पुरुषोत्तम खनाल सदस्य, श्री बद्रे आलम खाँ सदस्य, श्री अक्षय कुमार धोबी सदस्य, श्री राम बहादुर ओली सदस्य, श्री शिव प्रसाद सापकोटा सदस्य, कैफुल वरा खाँ सदस्य, श्री सुलोचना के.सी. सदस्य रहेका छ्न ।

सल्लाहकारहरुमा श्री धन बहादुर बुुुढा विशेष सहयोगि कम्प्युटर  डिजाईन र लेआउटमा अरुण कुमार यादव, मध्यपश्चिम विश्वविद्यालय, वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर का उपप्राध्यापक पाठ्यक्रम विज्ञ रहेका छ्न ।

कार्यक्रममा सामुदायिक तथा संस्थागत, मदरशा विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरुको उपस्थिति रहेको थियो । गाउंपालिका प्रमुख नरेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्रोत व्यक्ति राम एकवाल मण्डले गरेका थिए ।

फोटो फिचर :

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार