
कोहलपुर । कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन बाँके (क्रिसा)को आयोजनामा भएको १६औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८२ को उपाधि हिमालय विद्या निकेतनले लिएको छ ।
२१ गतेबाट सुरु भएको प्रतियोगितामा बैजनाथ गाउँपालिका ५ मा रहेको हिमालय विद्या निकेतनले माध्यमिक तह र आधारभूत तह दुवैको तहको उपाधि लिन सफल भएको हो ।
हिमालय विद्या निकेतनले मावितर्फ ३ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरी उपाधि लिएको थियो भने आवि तर्फ २ स्वर्ण र ३ रजत पदक प्राप्त गरी उपाधि लिएको हो ।

यस्तै आवितर्फ कोहपलुर बागेश्वरी ईमि स्कुलले स्वर्ण २ र रजत २ पदक प्राप्त गरी द्वितीय स्थान ल्याउन सफल भएको थियो भने ग्रिन पिस एकेडेमीले स्वर्ण २ र रजत १ पदक प्राप्त गरी तृतीय स्थान ल्याउन सफल भएको थियो ।
यस्तै मावि तर्फ ग्रिन पिस एकेडेमीले २ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरी द्वितीय पदक प्राप्त गरेको थियो भने ब्राइटलाईट एकेडेमीले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरी तृतिय स्थान ल्याउन सफल भएको थियो ।
नसर्रीदेखि कक्षा ८ सम्म थ्रो बल ईन बास्केट, कुर्सी दौड, अण्डर—१४ फुटबल, १०० मि, २०० मि. र ४x१०० मि. रिले दौड प्रतियोगितामा बालबालिकाले प्रतिस्पर्धा गरेका थिए भने कक्षा ९ देखि १२ सम्म भलिबल, सटपट, लङ्गजम्प, १०० मि, ४०० मि., १५०० मि. र ४x१०० मि.रिले दौड प्रतियोगितामा बालबालिकाले प्रतिस्पर्धा गरेका थिए ।
समापन कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय सचिव श्याम कँवरको प्रमुख अतिथ्यतामा भएको थियो भने क्रिसा बाँकेका अध्यक्ष बेगम चन्दको अध्यक्षतामा १६औँ क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता भएको थियो ।
यस्तै क्रिसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्दले प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल गराउन सहयोग गर्नुभएका सम्पूर्ण खेल प्रशिक्षक, क्रिसामा आबद्ध विद्यालय, पत्रकार, सुरक्षा निकाय, फिल्ड मास्टर लगायत अन्य सरोकारला व्यक्तित्वहरुमा कृतज्ञता व्यक्त गरे । आगामी दिनहरुमा समेत यहाँहरुको साथ, सहयोग र सल्लाह हुने विश्वास समेत व्यक्त गरेका थिए ।
यस्तै प्रतियोगितामा सहयोग गरेको भन्दै फिल्ड मास्टर नवकिरण शाह, अन्य अफिसियल टिम, क्रिसामा आबद्ध सदस्य लगायत अन्य विभिन्न सुरक्षा निकाय, पत्रकारहरुलाई सम्मान गरेको थियो । क्रिसा बाँकेका सचिव प्रकाश मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्