सभापतिका उम्मेदवार गौडेल को हुन् ?




नेपालि कांग्रेस बांकेको बलियो उम्मेदवार हुन नारायण प्रसाद गौडेल । उनी संस्थापन इतर समुहको नेतृत्व गरेर जिल्ला सभापति को मैदानमा उत्रेका हुन् । यस अघिको १३ औ महाधिवेशनको जिल्ला सभापतिमा झिनो मतले पराजित भएका हुन् ।

उनी जनताको घर दैलोमा जस्तो सुकै परिस्थिति को समयमा पनि पुग्ने गरेका साहशी प्यारा तथा सबैको मन मुटुमा बसेका बांके कांग्रेसको लागि ईमानदार युवा तथा हक्की नेताका रूपमा परिचित छ्न् । गौडेललाई बाँके बासिको घरना पुगेर हरेक सुख तथा दुखमा साथ सहयोग गर्ने नेताका रूपमा सबैले चिन्दछ्न् ।

नेपाली कांगे्रसको महासमिति सदस्य हुदा होस वा नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखाको सभापति होस उनी आम जनताको सेवामा समर्पित नेता हुन् । केन्द्रिय राजनीतिमा पहुँच भएका नेता उनिमा कुनै खालको अहमता तथा थकाई छैन् ।

हिजो द्वन्दको समयावधिमा पनि साईकल यात्रा गर्दै बाँकेका सबै स्थानीय निकाएमा आम कांग्रेसिको घरमा पुगेको ईतिहास छ त्यसकारण पनि यो पटक सभापतिमा उनले जित्ने निश्चित छ । अहिले उनि आम मतादाता प्रतिनिधिको घर दैलोमा रहेका छ्न् ।

बाँके कांग्रेसका प्रभावशाली नेता नारायणप्रसाद गौडेल कुशल संगठक मानिन्छन् । पार्टीको संगठन बनाउन अहोरात्र खट्ने छबि बनाएका गौडेल इमान्दार र सामान्य जीवनशैली अपनाउने मेहनती नेताका रुपमा कार्यकर्तामाझ परिचित छन् ।

कोहलपुर निवासी गौडेल पार्टी राजनीतिमा अविछिन्न सक्रिय नेता हुन् । उनले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव, केन्द्रिय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका छन् ।

गौडेल अहिले पार्टीको महाधिवेशन प्रतिनिधि छन् । २०५९ सालमा जिल्ला सहसचिव भइसकेका उनी २०६१ सालमा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति भएका थिए । २०३६ सालदेखि साधारण सदस्यका रुपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । उनी कोहलपुर निवासी हुन् ।

नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औं महाधिवेशनबाट २०६७ सालमा केन्द्रिय संगठन विभाग सदस्य पनि बनेका थिए । जनआन्दोलन २०६२/०६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिवेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए ।

१३औं महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । उनी त्यतिबेला सफल हुन सकेनन् । एकपटक सभापति बनेर बाँके कांग्रेसलाई सुदृढ र गतिशील बनाउने संकल्प बोकेका गौडेल दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार समेत थिए ।

पार्टीको संगठन बनाउन अहोरात्र खट्ने छबि समेत भएका नेता गौडेलले कार्यकर्ताहरुलाई दुःखमा समेत साथ दिँदै आएका छन् । अड्डा अदालत होस् या अस्पताल कार्यकर्तालाई दुःख पर्दा गौडेल आफैं पुगेर पिर-मर्का बुझ्ने असल नेता भएका कारण यसपटकको बाँकेको कांग्रेस सभापतिमा गौडेल नै विजयी हुन् भन्ने चाहना राखेका छन् बाँकेका कांग्रेसजनहरुले ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १८ गते बुधबार