Kohalpur Today Header Ads

१६औं क्रिसा रनिङ्ग शिल्ड कोहलपुरको खुल्ला मैदानमा आजबाट सुरु हुँदै




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-११ खुल्ला मैदान न्यूरोडमा ‘१६औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता-२०८२’ सुरु हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेको २५ गतेको बैंठकले आगामी मंसिर २१ देखि २३ गतेसम्म १६औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८२ सुरु हुने भएको हो ।

LIfe Ok

क्रिसा बाँकेका अध्यक्ष वेग प्रकाश चन्दले यही मंसिर २१ देखि २३ गतेसम्म १६औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८२ सुरु हुने जानकारी दिएका हुन् ।  आज (आइतबार) कोहलपुरको साँझा चोकबाट ¥याली सुरु हुनेछ ।

राप्तीसोनारी, बैजनाथ र कोहलपुरका ४७ वटा संस्थागत विद्यालयहरु आवद्ध भएको क्रिसा बाँकेले २ तह (नर्सरी देखि कक्षा ८ र ९-१२) मा खेलकुद प्रतियोगिता गर्न लागेको क्रिसा बाँकेका अध्यक्ष चन्दले बताए ।

नसर्रीदेखि कक्षा ८ सम्म थ्रो बल ईन बास्केट, कुर्सी दौड, अण्डर-१४ फुटबल, १०० मि., २०० मि. र ४x१०० मि. रिले दौड प्रतियोगितामा बालबालिकाहरूले प्रतिस्पर्धा गर्नेछन् ।

कक्षा ९ देखि १२ सम्म भलिबल, सटपट, लङ्गजम्प, १०० मि, ४०० मि., १५०० मि. र ४x१०० मि.रिले दौड प्रतियोगितामा बालबालिकाहरूले प्रतिस्पर्धा गर्नेछन् ।

चन्दका अनुसार प्रतियोगिताबाट बालबालिकाको सिर्जनात्मक कला र क्षमताको विकाससंगै क्षमतावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षाले प्रतियोगिता सुरु गर्ने लागेको बताए ।

२०६५ सालमा स्थापना भएको क्रिसा बाँकेले विगतदेखि संस्थागत विद्यालयहरुको हकहितका पक्षमा वकालत गर्दै आएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार