
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको शिवशक्ति नमूना आधारभूत विद्यालयमा एक दिने ईएनटी स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको छ ।
बिहिबार लायन्स क्लव अफ कोहलपुर सयपत्रीको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको समन्वयमा एक दिने ईएनटी स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको होे ।
कक्षा १ देखि ८ कक्षामा अध्ययनरत बालबालिकाहरुको नाक, कान र घाँटीको चेकजाँच तथा ब्लड ग्रुप पहिचान गर्ने काम गरिएको विद्यालयका प्रअ बद्रिनाथ सापकोटाले जानकारी दिए ।
कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदी, कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गर्भनर ज्ञानेन्द्र कुमार श्रेष्ठले समाजिक सेवामा लागिरहेका संघसंस्थाहरुले यस्ता विभिन्न कार्यक्रम गर्नुपर्ने भन्दै आगामी दिनहरुमा समते भिन्न कार्यक्रम गर्ने बताए ।
यस्तै कार्यक्रममा रक्त संचार सेवा कोहलपुर, नेपाल रेडक्रस सोसाईटी कोहलपुर उप शाखा लगायत पत्रकार लगायतको उपस्थित रहेको थियो ।
लायन्स क्लव अफ कोहलपुर सयपत्रीका अध्यक्ष अञ्जना पाण्डेको सभापतित्वमा कार्यक्रम भएको थियो भने कार्यक्रम सचिव कल्पना भण्डारीले सञ्चालन गरेकी थिइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्