
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित खुल्ला मैदानमा मंसिर १७ गतेदेखिबाट तेस्रो ‘प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड प्रतियोगिता-२०८२’ हुन लागेको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै प्याब्सन कोहलपुरले मंसिर १७ गतेदेखिबाट तेस्रो ‘प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड प्रतियोगिता-२०८२’ हुन लागेको हो ।
प्रतियोगितामा लुम्बिनी प्रादेशिक विश्वविद्यालयका कुलपति प्रध्यापक विनोद प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भव्य रुपमा प्रतियोगिता सुरु हुने प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले बताए ।
यस्तै प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले माध्यमिक र आधारभू तहका विद्यार्थीलाई लक्षित गर्दै छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइने र पूर्व–प्रावि तहका विद्यार्थीका लागि समेत विविध प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिएको बताए ।
केसीका अनुसार प्रतियोगितामा माध्यमिक तहबाट १८ गोल्ड मेडल र आधारभूत तहबाट १२ गोल्ड मेडलका लागि जम्मा १ हजार ८ सय ३४ विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । खेलकुदले विद्यार्थीको पहिचान निर्माणमा महत्वपूर्ण योगदान गर्दै आएको अध्यक्ष केसीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्