Kohalpur Today Header Ads

फागुन २१ गते नै निर्वाचन हुन्छ : कुलमान घिसिङ




काठमाडौँ ।  ऊर्जा, सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने बताएका छन्।

सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यस्तो बताएका हुन्।

LIfe Ok

उनले निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरूसँग छलफल गरिरहेको बताए।

उनले भने,’निर्वाचन समयमा हुन्छ। सरकार निर्वाचन केन्द्रित काम गरिरहेको छ। सबै राजनीतिक दल निर्वाचनमा जानुको विकल्प छैन।’

उनले अहिले निर्वाचनको लागि राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भइरहेको जानकारी दिए।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार