४ जिल्लाको अन्तर डोजो स्तरिय गोजु–रियो कराते प्रतियोगिता कोहलपुरमा हुदै




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ३ जनता माध्यमिक विद्यालय मैटहवामा अन्तर डोजो स्तरिय गोजु–रियो कराते प्रतियोगिता हुन लागेको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै बैशाख १२ गते अन्तर अन्तर डोजो स्तरिय गोजु–रियो कराते प्रतियोगिता–२०८२ हुन लागेको नेपाल गोजु रियो कराते डो संघ बाँकेका अध्यक्ष यज्ञ महराले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख अतिथि हुने समेत जानकारी गराएका थिए ।

अध्यक्ष महराले प्रतियोगितामा बाँके सहित ४ जिल्लाका २ सय ५० भन्दा बढि खेलाडीहरुको सहभागिता हुन लागेको प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल बनाउन सरोकारवालाहरुलाई अनुरोध समेत गरेका थिए ।

यस्तै अन्तर डोजो स्तरिय गोजु–रियो कराते प्रतियोगिता–२०८२ को खेल संयोजक निम प्रसाद खनाले खेलाडीहरुलाई खाना र नास्ता सहित व्यवस्थापन गरेको बताए ।

‘प्रतियोगिता सफल बनाउन सहयोगको अपेक्षा गरेका छौं’ उनले भने, ‘हालसम्म आर्थिक सहयोग भएको छैन तर उहाँहरुले आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।’ सोही अनुसार कार्यक्रमको अयोजना गर्न लागेको बताए ।

खनालका अनुसार प्रतियोगितामा नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र समेत उपलब्ध गराउने छौं भन्दै प्रथम पुरस्कार ७ हजार, दोस्रो ५ हजार र तेस्रो ३ हजार दिने भनेको भएतापनि पुरस्कार राशीमा पछि थप हुनसक्ने उनको भनाई थियो । प्रत्येक खेलाडीबाट ४०० रुपैयाँ प्रवेश शुल्क लिइनेछ ।

मध्यपश्चिम टेक्निकल डाइरेक्टर तथा नेपाल गोजु रियो कराते डो संघका केन्द्रिय सदस्य जनक विकले प्रतियोगिताबाट उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता गराइने बताए । कोहलपुरको पहिचान बाँके मात्र नभई केन्द्रसम्म पु¥याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरेको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप वाग्ले, समाजबादी प्रेस संगठनका केन्द्रिय सदस्य कुशल दलार्मी, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव रविन्द्रसिंह ठकुरी लगायत दर्जन बढि पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार