४ करोड ९७ लाखमा कोहलपुरका ५ वडामा कालोपत्रे र नाली निर्माण हुँदै

कोहलपुर ।

कोहलपुर नगरपालिकामा विभिन्न वडामा कालोपत्रे र नाली निर्माण हुन लागेको छ । चालु आर्थिक वर्षको योजना नगरपालिकाको चालू आर्थिक वर्षको योजना “विभिन्न वडाका सडक कालोपत्रे तथा नाली निर्माण“ को लागि ठेक्का स्वीकृत कूल लागत रू ४ करोड ९७ लाख भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए ।

उनका अनुसार असार मसान्तमा सकिने गरी सम्झौता गरेका छौ भने मंगलबार(आज) बाट काम सुरु भएको छ । ललितपुरको दिभा र यति जेभीसंग सम्झौता भएको उनको भनाई थियो ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सो कालोपत्रे निर्माण र नालीको उद्घाटन गरी काम सुभारम्भ भएको थियो । उद्घाटनको क्रममा बोल्दै त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्म नाली निर्माण (१ किलो मिटर), हाइस्कुलदेखि बुद्धचोक जाने बाटो कालोपत्रे (१४ सय मिटर), राप्तीनगर र सुन्दरनगरमा सडक कालोपत्रे (७ सय ६० मिटर), सिद्धनगरमा कालोपत्रे (१ हजार ५ सय मिटर), त्रिभेणी मोड हुँदै दाङ्गपुरसम्म नाली (८ सय मिटर) र दुई कल्भट सहित निर्माण हुन लागेको बताए ।