
कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले शुक्रबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिका वडा नं.–११ को कार्यालयलाई कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।
जेन्जी आन्दोलनका क्रममा वडा कार्यालय आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको थियो । केही समय कार्यालय संचालन आउन सकेको थिएन । कार्यालयबाट सामान्य काम पनि हुन नसकेको अवस्थामा करिब १ लाख मुल्य बराबरको सामाग्री सहयोग गरेकोमा वडाध्यक्ष कल्पना शर्मा अधिकारीले धन्यवाद व्यक्त गरिन ।
उनले भनिन,– ‘हामी अहिले घाइते अवस्थामा छौं, फेरी पनि सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रयास गर्दछौं । यसमा सबै पक्षले सक्दो सहयोग गरिदिनु होला । आन्दोलनका क्रममा कार्यालयमा क्षति पुगेको छ । शिक्षण अस्पताल कोहलपुर लगायत सहयोग गर्ने सबैलाई धन्य व्यक्त गर्दछु ।’
शिक्षण अस्पतालका सिइयो सन्तोष कुमार बी एन, उपनिर्देशक श्याम कुमार शर्मा र प्रशासन सम्पर्क अधिकृत रामकृष्ण हमालले संयुक्त रूपमा वडाध्यक्ष कल्पना शर्मा अधिकारीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्