मनकारी शिखा एकेडेमीका बालबालिका : बालश्रममा पुगेर गरे खाद्यान्न सहयोग




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ८ मा रहेको शिखा एकेडेमी कोहलपुर प्रालिले बालबालिकाहरुलाई मनकारी, व्यवहारिक र सामाजप्रति उत्तरदायित्व वहन गर्ने सिकाउन नयाँ प्रयास गरेको छ । पछिल्लो समयमा शिखा एकेडेमी कोहलपुरले विभिन्न सामाजिक तथा व्यवहारिक ज्ञान सिकाउने थलोको रुपमा चिरपरिचित छ । विद्यार्थीहरुलाई नयाँ-नयाँ ज्ञान सिकाउन तथा समाजप्रति उत्तरदायीत्व बनाउन विभिन्न क्रियाकलापहरुमा सहभागी गराउने गरेको विद्यालयका प्रिन्सिपल टंक केसीले जानकारी दिए ।

केसीका अनुसार आज कक्षा ६, ७ र ८ का विद्यार्थीहरुले समाजसेवाको लागि बाल आश्रममा पुगेर वालवालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । विद्यालय भित्र केही समय अगाडि पेशा, व्यवसाय तथा प्राविधिक शिक्षा अन्तर्गत विधालयमै फुट फेस्टिभल कार्यक्रम राखेर अभिभावक, शिक्षक र विधार्थीहरुलाई विक्री गरि झण्डै १५ हजार मुनाफा गरेका र उक्त पैसालाई समाज सेवा अन्तर्गत जानकी गाउपालिकामा अवस्थित सामाजिक विकास तथा प्रवर्द्धन केन्द्र बाँकेमा रहेका १२ जना बालबालिकाहरुको लागि केही आवश्यक खाद्यान्न तथा दैनिक बन्दोबस्तका सामानहरु वितरण गरेको प्रिन्सिन्पल केसीले बताए ।

शिखा एकेडेमीका संस्थापक तथा सिईओ डा. राजकुमार सुवेदी, विद्यालयका प्रिन्सिपल टंक प्रसाद के.सी, शिक्षक र कक्षा ६,७ र ८ का विद्यार्थीहरुले संयुक्तरुपमा सामाजिक विकास तथा प्रवर्द्धन केन्द्रका सञ्चालक मीन बहादुर कार्कीलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

यस्तै शिखा एकेडेमीमा कक्षा ६ मा अध्यनरत विद्यार्थी एलिज वली र विद्यालयकी क्याप्टेन श्रुतिका अर्यालले भनिन्, मनभित्रैबाट सहयोग गर्ने पाउँदा निकै खुसी भएका छौं । विद्यालय परिवार र विषेशतः शिखा एकेडेमीका संस्थापक तथा सिईओ डा. राजकुमार सुवेदी, विद्यालयका प्रिन्सिपल टंक प्रसाद के.सी गुरुले दिनुभएको ज्ञानको भण्डार बुझेका छौं, गुरुले दिनुभएको शिक्षाले आज हामीले हाम्रै प्रयासमा खाद्यान्न सहयोग गर्ने पाउँदा निकै आभार व्यक्त गर्दछौं । अझै पनि हामीले आफ्नो नास्ता खर्च तथा अन्य विभिन्न शिर्षकबाट खर्च बचाएर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा जानकी गाउपालिकामा अवस्थित सामाजिक विकास तथा प्रवर्द्धन केन्द्र बाँकेका अध्यक्ष मीन बहादुर कार्कीले आफुले यस समाजमा केही राम्रो काम गर्न र अरुको सहयोग गर्नु नै मेरो जिवनको लक्ष्य बनाएकोले यी बालबालिकाहरुलाई सहयोग गर्दै आईरहेको बताए । यसैगरी अन्य संघ संस्थाहरूबाट सहयोग हुने अपेक्षा रहेको भन्दै शिखा एकेडेमी परिवारमा धन्यवाद दिए । शिखा एकेडेमी प्रालिले विद्यार्थीहरुलाई व्यवहारिकसँगै सामाजिक ज्ञानहरु प्रदान आईरहेको अहिले यस विद्यालय सबैको रोजाइ बनिरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार