अछाममा छाउगोठमा बसेका एक बालिकासहित दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । पंचदेवल विनायक नगरपालिकामा वडा नम्वर ८ को सेलापानीस्थित चुरखोली टोलमा भिरबाट खसेको पहिरोको ढुंगा लागेर दुई जनाको मृत्यु भएको हो ।
छाउ बार्न घरभन्दा पर खेतमा त्रिपाल टाँगेर सुतेका ३५ वर्षीया निमा खनाल र ८ वर्षीया कविता भण्डारीको मृत्यु भएको हो । ३६ वर्षीया रत्ना भण्डारी शक्त घाइते हुनुभएको छ । निमा र रत्ना दुबै महिनावारी बार्न खेतमा सुत्नु भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले बताउनुभयो । ८ वर्षीया कविता आमासँगै सुत्न गएकी थिइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्