कोहलपुरमा छट्के एग्रोभेट अनुगमन : न वोर्ड छ न औषधीको म्याद




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले मासु तथा खाद्यान्न वस्तुहरुको अनुगमन तिव्र पारेको छ । कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको नेतृत्वमा कोहलपुर मासु तथा खाद्यान्न वस्तुहरुको अनुगमन तिव्र पारिएको हो ।

अनुगमनले पहिलो दिन फ्रेस हाउस, दोस्रो दिन राँगा र भैसीको मासु विक्रि गर्ने पसल, तेस्रो र चौथो दिन एग्रोभेट अनुगमन गरेको छ । मंगलबार र बुधबार कोहलपुर नगरपालिकाले नगर भित्रका वडा नम्बर १, २ र ११ का एग्रोभेटमा छट्के अनुगमन गर्‍र्यो ।

एग्रोभेटले विषादी औषधीको म्याद गुज्रिएको र वोर्ड समेत नराखी विक्रि वितरण गरिएको पाइएपछि ७ दिने अल्टिमेट समेत दिएको आर्थिक विकास समिति संयोजक अनिता बुढाक्षेत्रीले बताइन् ।

कोहलपुर १ र २ वडाका नगरपालिका-१ कौशिलानगरको पाण्डे भेट सेन्टर र मनकामना चोक २ को आर एग्रोभेट सेन्टर, मनकामना एग्रो भेट, साझा एग्रोभेट सप्लायर्स, रमेश राजन भेट सेन्टर, जनता एग्रो फिड सप्लायर्समा अनुगमन गरिएको थियो ।

६ वटा एग्रोभेटहरुले मुल्य सूची राखेका थिएनन् भने कतिपय एग्रोभेट भने पालिकामा दर्ता नै थिएनन् । जनता एग्रो फिड सप्लायर्स पसलले भने म्याद नाघेका विषादीहरु विक्रि वितरण गरेको भेटियाे भने मनकामना एग्रोभेट र आर एग्रोभेट सेन्टरले भने कृषि विउ, विजन र विषादी तथा भेटनरी सम्बन्धी औषधी अलग-अलग नगरेको र वोर्ड समेत नराखेको भेटिएको आर्थिक विकास शाखाका प्रमुख विर बहादुर विकले बताए ।

‘म्याद नाघेका विषादीहरु भेटिएको एग्रोभेटहरुलाई पहिलो चरणमा सुझाव सहित चेतावनी दिएका छौं,’ शाखाका प्रमुख विक भने,‘ अन्य एग्रोभेटमा भने सन्तोजनक पाइएको छ ।’

अनुगमनको चौथो दिनमा साझा चोकका १० वटा एग्रोभेटहरु अनुगमन गरिएको छ । अधिकांस एग्रोभेटहरु पालिकामा दर्ता नगरी सञ्चालन छन् । १० एग्रोभेट मध्ये डि.के. एस एग्रो सप्लायर्सले प्याकेजिङ्ग र लेभलिङ्ग नगरिएका विषादीहरु विक्रि वितरण गरेको पाइएइको पशु चिकित्सक पशु सेवा शाखाका डा. मनोज कार्कीले बताए ।

डि.के. एस एग्रो सप्लायर्सका सञ्चालक कमल वलीले ७ दिन भित्र अनुगमन टोलिले दिएको निर्देशन कार्यान्वयन गर्ने भनि प्रतिबद्धता समेत जनाए । वशील एग्रो सेन्टरले विषादी औषधी खरिदको विल नभएकोले विक्रि वितरण नगर्ने भनि अनुगमन टोलीले सुझाव दिएको छ ।

यस्तै नगरपालिका नगर प्रहरी प्रमुख विर बहादुर थापाले अहिले अनुगमन गरी सुझाव दिएका मासु तथा खाद्यान्न पसलहरुले ७ दिन भित्र कार्यान्वयन नगरे कारवाहीको पक्रिया अगाडि बढाउने बताए ।

नगरपालिकामा व्यवसाय दर्ता नगर्ने खुद्रा व्यवसाय, मासु पसल, शैक्षिक संस्था, संघसंस्था, व्यापार र व्यवसायहरुलाई कारवाही हुने नगर प्रहरी प्रमुख थापाले बताए ।

साँझा चोकका रुकुमेली एग्रोभेट, डि.के. एस एग्रो सप्लायर्स, विनायक कोल्ड सेन्टर, कोहिनुर भेट सेन्टर, विशाल एग्रो सप्लायर्स, सपना एग्रो भेट सेन्टर, वली एग्रोभेट सेन्टर, ढकाल भेट सेन्टर, अधिकारी एग्रोभेट सेन्टर र किसान एग्रोभेटमा अनुगमन गरिएको थियो ।

यस्तै अनुगमनमा बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगञ्जका कार्यलय प्रमुख विष्णु धिताल, पशु सेवा शाखाका लोकेन्द्र बुढा, कृषि शाखाका चन्द्र बहादुर बुढा, इलाका प्रहरी कार्यालयबाट मान बहादुर हमाल र पत्रकारहरुको टोलीले अनुगमन गरिरहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहीबार