
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा केन्द्रिय कार्यालय रहेको मध्यपश्चिम जनसेवा यातायात प्रालिले नयाँ ‘उडान’ बस आजबाट औपचारीक रुपमा सञ्चालनमा ल्याएको छ ।
मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.का अध्यक्ष विश्वराज खनालले नयाँ ‘उडान’ बसको रिवन काटेर सञ्चालनमा ल्याएका हुन् । रकेट, तुफान, सफारी र रफ्तारजस्ता लक्जरी बस सञ्चालनपछि ‘उडान’ नयाँ बस सञ्चालनमा ल्याएको अध्यक्ष खनालले बताए ।
खनालका अनुसार विगतमा झै यस उडान बसलाई समेत माया ममता देखाउनुहुने छ भन्ने पूर्ण विश्वास लिएको छु, यो कम्पनीको पाँचौ सुनौलो प्रस्तुती हो ।
‘३९ सिट क्षमताको बसलाई यात्रुको आरामलाई प्राथमिकता दिँदै ३२ सिटमा सीमित गरिएको अध्यक्ष खनालले बताए । मधेस प्रदेश ३–००२ ख २८३० र लुम्बिनी १–००१ ख ०१९८ नम्बरका दुई बसहरूले आजदेखि नियमित सेवा सुरु गरेका छन् ।

‘उडान’ सेवाको अर्को आकर्षण हो, यसको अत्याधुनिक थाई सोफा सिटहरू, जसमा यात्रुले घुँडा ठोक्किने असुविधा बिना लामो दूरी सहजै यात्र तह गर्नेछन् भने यात्राका क्रममा सुरक्षित शौचालय, अत्याधुनिक लक्जरी सहित समान भाडादरका कारणले यसलाई सबैले मन पराउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको बताए । ‘हामी केवल गाडी चलाउँदैनौँ, हामी यात्रुको विश्वास र सन्तुष्टिलाई दिशा दिन्छौं। ‘उडान’ केवल बस होइन, यो पश्चिम नेपालको गौरव र यात्राको नयाँ युग हो ।’
दैनिक रूपमा एउटा बस बाँके र अर्को बस काठमाडौँबाट छुट्नेछ । संघीय राजधानीदेखि विभिन्न प्रदेशसम्म सेवाको विस्तार गरिसकेको मध्यपश्चिम जनसेवा यातायात प्रा.लि. ले अटो रिक्सादेखि भिआईपी लक्जरी बससम्मका यात्रु सेवामा निरन्तर लागि परेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्