क्रियापूत्री भवनको शिलान्यास (भिडियाे सहित)

कोहलपुर ।

बाँकेको कोहलपुरमा क्रियापूत्री भवनको शिलान्यास भएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले भवनको शिलान्यास गरेका हुन् । कोहलपुर नगरपालिका ११ न्यूरोडको पूर्वपट्टी शिव मन्दिरको साइडमा २ कठ्ठा जग्गामा सो भवन बन्न लागेको हो ।

उद्घाटनको क्रममा बोल्दै नगर प्रमुख रावतले कोहलपुर क्षेत्रमा बढि भाडामा बस्ने मानिसहरुलाई सहज र सरल गराउनका लागि काजक्रिया गर्नका लागि सो भवन निर्माण हुन लागेको बताए । नगरपालिकाले अहिले ५ लाख दिने निर्णय गरेको छ उनले भने तर भवनको ६० लाख भन्दा बढि लाग्ने देखिन्छ । अब कोहलपुरका सम्पूर्ण व्यापारी, उद्योगी, संघ—संस्था, अन्य गैसस संस्था र व्यक्तिगत रुपमा समेत सहयोग गर्ने सबैलाई आग्रह गरेका छन् ।

यस्तै ब्राह्मण समाज नेपालका कोहलपुर नगर अध्यक्ष सुदर्शन देवकोटाले क्रियापूती भवन निर्माणका लागि कोहलपुरका सम्पूर्ण व्यवसायी, उद्योगी, संघसंस्था, गैरसस र व्यक्तिगत रुपमा सहयोग गर्न अनुरोध गरेका थिए । कोहलपुरमा ७७ वटै जिल्लामा मानिसहरु बसेका छन्, भन्ने हो भने त भाडामा बस्नेहरुलाई त झन् निकै ग्राहो भएको छ । त्यसको लागि भवन निर्माण गर्न अति आवश्यक रहेको देवकोटाको भनाई थियो ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकि अधिकृत टिकाराम ढकाल, वडा नम्बर ११ अध्यष कर्ण बहादुर थापा, कोहलपुरका व्यवसायी तथा योग प्राकृतिक चिकित्साका अध्यक्ष नम प्रसाद शर्मा, विभिन्न पार्टीका पदाअधिकारी र हिन्दु धर्मावीहरुको समेत उपस्थित रहेको थियो ।

रामजानकीमा अध्यनरत बटुकहरूकाे ‘शान्ति पाठ’