बाँकेमा फेला परेको शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । खजुरा गाउँपालिका-३ मनकामनाचोकमा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर बम मंगलबार बिहान ७ बजे फेला परेको हो ।
स्थानीयले शंकास्पद रुपमा कपडाले बेरिएको अवस्थामा प्रेसर कुकर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै नेपाली सेनाको टोलीले बिहान साढे ११ बजे डिस्पोज गरेको इप्रका धनाैलीका प्रहरी निरिक्षक बसन्त आचार्य जानकारी दिए । उक्त प्रेसर कुकर बम कसले राखेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्