कृष्ण केसी ‘नमूना’ बाहेक सबै बाँकेमा ‘प्रचण्ड’ को लाइन क्लियर




कोहलपुर । बाँकेमा पुराना माओवादी केन्द्रको शक्ति पुष्पकमल दहाल ‘प्रचण्ड’ लाइनमा क्लियर भइसकेको छ । जुन बुधबार काठमाण्डौं भृकुटीमण्डपमा देखिन्थ्यो भने अधिकांशको सामाजिक सञ्जालमा समेत देखिन्छ ।

१० कम्युनिष्ट पार्टीहरुको बाम एकता गरी ‘नेपाली कम्यूनिष्ट पार्टी’ नामाकरण गर्दै पुष्पकमल दहाल ‘प्रचण्ड’को संयोजक र माधवकुमार नेपाल सहसंयोजकमा चयन गर्दै नयाँ राजनितिक यात्राको बाटो तय गरेको छ ।

विगतमा समेत बाम एकता गरी कम्युनिष्टहरु एउटै कित्तामा आएको थिए तर धेरै लामो समयसम्म टिक्न सकेन तर अहिलेको बाम एकताको राजनितिकका लागि ऐतिहासिक कदमको रुपमा हेरिएको पाइन्छ ।

नेकपा (माओवादी केन्द्र) मा एकताको उत्साहकै विचमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा(प्रभावकर) ले पार्टी परित्याग गरी ‘प्रगतिशिल अभियान नेपाल’ नामक नयाँ अभियान सुरु गरे । अभियान सुरुपछि माओवादी केन्द्रमा ठुलो हलचल मचिएको छ जसले विभाजनको रुप देखा परेको छ । प्रभाकर लामोसमयदेखि माओवादी केन्द्रभित्र प्रभावशाली नेताका रुपमा परिचित थिए ।

बाँकेका शिर्ष ८ नेताहरुमा महेश्वर गहतराज अथक, पुर्णा कुमारी सुवेदी, आइपी खरेल, पार्वती पुन, नरेन्द्र न्यौपाने, अञ्जना चौधरी, पट्टु थारु लगायतले प्रचण्डको लाइन क्लियर गरिसकेका छन तर कृष्ण केसी नमूनाले भने अहिलेसम्म पनि कित्ता क्लियर गरेकी छैनन ।

प्रभाकरको लाइनमा नमूना उभिएकी हुन सक्ने कार्यकर्ताहरुले विभिन्न आशंका र प्रतिक्रिया देखाइरहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार