नेता विश्वकर्माद्धारा एमाले परित्याग, नवगठित नेपाली कम्युनिष्ट पाटीमा समाहित




काेहलपुर ।  बाँकेका जुझारु युवा नेता पुजन विश्वकर्मा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन । बुधवार काठमाण्डौमा आयोजित नेपाली कम्युनिष्ट पाटीको घोषणा कार्यक्रममा नेता पुजन विश्वकर्मा पार्टीमा समाहित भएको घोषणा गरेका हुन् ।

लामो समय कम्युनिष्ट आन्दोलनमा क्रियाशील विश्वकर्मा तत्कालीन नेकपा माओवादीमा सुरु गरेको जनयुद्धमा सहभागी रही पछिल्लो समय नेकपा एमालेमा आवद्ध थिए ।

नेकपा एमालेको भेरी अञ्चल कमिटी सदस्य, २ पटक एमालेको विधान महाअधिवेसन आयोजक समिति सदस्य , एमाले दशौँ महाअधिवेसन आयोजक समिति सदस्य थिए । १० वाम घटकको एकताले देसलाई राजनैतिक निकास दिने ठानेर आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको उनले बताए ।

समृद्ध पार्टी बनाउनु बाहेक आफ्नो कुनै स्वार्थ नरहेको विश्वकर्मा भनाई छ । बामपन्थी प्रगतिशील शक्ति बिच एकता र धुव्रिकरण आवश्यक रहेको भन्दै सबै लाई नेपाली कम्युनिष्ट पार्टीमा एकता र धुव्रिकरणमा आउन उनले अपिल गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार