सञ्चारिका समूह बाँकेले एक्टिङ स्टार सिजन–१’ की विजेता नविना रानाभाटलाई भव्य सम्मान




कोहलपुर । एपी वान टेलिभिजनद्वारा प्रसारण गरिएको लोकप्रिय रियालिटी शो ‘Acting Star Season १’ की विजेता नविना रानाभाटलाई सञ्चारिका समूह नेपाल, बाँके शाखाले एक विशेष कार्यक्रममार्फत सम्मान तथा बधाई अर्पण गरेको छ ।

कोहलपुरको घैंटो एण्ड लञ्जमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका उप–प्रमुख संगिता सुवेदी रहेकी थिइन् ।

यस्तै कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप वाग्ले, पत्रकार महासंघ बाँकेका निवर्तमान उपाध्यक्ष संगिन शर्मा, लुम्बिनी प्रदेश सदस्य लक्ष्मी तिमिल्सिना, प्रेस सेन्टर नेपाल बाँके सचिव पुष्प राज हमाल, कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाही, नेपालगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारी लगायत सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व सञ्चारिका समूह बाँकेकी अध्यक्ष पवित्रा परियारले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन धना केसीले गरेकी थिइन् ।
कार्यक्रमका दौरान विजेता रानाभाटलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रमुख अतिथि तथा अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै रानाभाटको सफलताले बाँके र लुम्बिनी प्रदेशको गौरव बढाएको बताएका थिए ।

सञ्चारिका समूह बाँकेले आगामी दिनहरूमा पनि स्थानीय प्रतिभा र सृजनशील व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार