Kohalpur Today Header Ads

निर्वाचन घोषणापछि दुई दल आयोगमा सूचीकृत, ६ वटा प्रक्रियामा




काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको २१ दिनमा जम्मा दुई दल अध्यावधिक भएका छन् । जेनजी विद्रोहको बलमा बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जननिर्वाचित संसद् भदौ २७ गते विघटन गरी निर्वाचन घोषणा गरेको थियो ।

आयोगको वेबसाइटमा अध्यावधिक गरेको दल दर्ताको सूचीमा असोज २४ गते राष्ट्रिय जनमुक्ति पार्टी र असोज २८ गते जनस्वराज पार्टी रहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्षमा केशवबहादुर थापा रहेका छन् । जनस्वराज पार्टीको अध्यक्षमा दीपक कुमार साह रहेका छन् ।

LIfe Ok

आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दलहरूलाई मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय दिएको छ । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहनेले कात्तिक ३० गते अगावै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ ।आयोगमा अहिलेसम्म १२४ दल दर्ता अद्यावधिक भएको छ । निर्वाचन घोषणापछि ६ वटा राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार दल दर्ताका लागि निवेदन दिएकामा हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल नागरिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी र राष्ट्रिय जेनजी पार्टीले निवेदन दिएका छन् ।

निवेदन दिएका ६ वटा दलमध्ये श्रम संस्कृति, नेपाल नागरिक, गतिशील लोकतान्त्रिक र राष्ट्रिय परिवर्तन पार्टी दर्ता प्रक्रियामा रहेको, नेपाल लिभरल पार्टी अनुसूची–३ लगायतको विवरण पेस नभएको र राष्ट्रिय जेनजी पार्टी विधान लगायत फाइलमा टिपोट गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार