रुकुमपश्चिममा जीप दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु, १० घाइते




रुकुमपूर्व । रुकुम पश्‍चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् ।

प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिए अनुसार, दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । एक जनाको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरुको परिचय खुलेको छैन ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिँदैछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ७ गते शुक्रबार