स्नत क्यान्सर पिडित देविसरा नेपालीलाई १ लाख २० हजार सहयोग हस्तान्तरण




कोहलपुर । स्नत क्यान्सर पिडित सुर्खेत चिङ्गाड गाउँपालिका ४ की देविसरा नेपाली । उनको विगत २ वर्षदेखि स्नत क्यान्सर भयो ।

स्तन क्यान्सर भएपछि उपचारका लागि बाँकेको शुशिल क्यान्सर अस्पतालमा उपचार गराउन आइन् । उपचार हुने भयो तर पैसा थिएन् । आर्थिक अवस्था निकै कमजोर थियो । उनको दुई छोरा र ३ छोरी छन् ।

सुर्खेत चिङ्गाड गाउँपालिका ३ टोपेन्द्र जीसीले अभियान सुरु गरेका थिए । सोही अभियान अन्तर्गत कोहलपुर २ का नेत्र शाहीले स्नत क्यान्सर पिडित नेपालीको उपचारको लागि १ लाख २० हजार रुपैया हस्तान्तरण गरेका हुन् ।

शाहीले भारतमा रहेका नेपालीहरुलाई सम्पर्क र समन्वयबाट सो रकम उठेको थियो । शुक्रबार कोहलपुरको न्यूरोड नजिकै सो रकम पिडित देविसरा नेपालीलाई हस्तान्तरण गरेका हुन् ।

पारिवारिक अवस्था नाजुक भएकोले सो क्यान्सर पिडित नेपालीलाई बचाउ अभियान सुरु गरिएको टोपेन्द्र जीसीले बताए । यो अभियान भारतको गुजरातबाट सुरु गरिएको थियो ।

हालसम्म ७ लाख भन्दा बढि पैसा खर्च भइसकेको अभियानकर्ता टोपेन्द्र जीसीले जानकारी दिए । थप सरकारी निकायबाट १ लाख बरबरको उपचार खर्च व्यहोरेको उनको भनाई थियो । विरामी शुशिल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार