Kohalpur Today Header Ads

सरकारले कटौती गर्‍यो ओली र दाहालको सुरक्षा




काठमाडौँ । सरकारले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका मापदण्डभन्दा बढीका सुरक्षाकर्मी फिर्ता गरेको छ।

बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्वीकृत मापदण्डभन्दा बढी र मापदण्डमा नपर्नेलाई दिइएका सबै सुरक्षाकर्मीहरु तत्काल फिर्ता गर्ने निर्णय गरेसँगै ओली र दाहालको सुरक्षामा खटिएका अतिरिक्त सुरक्षाकर्मीहरु फिर्ता भएका हुन्।

मापदण्डविपरीत रहेका ओलीका २८ र दाहालका ३४ सुरक्षाकर्मी फिर्ता भएका छन्। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका सबै विशिष्ट तथा पूर्वविशिष्ट व्यक्तिहरूका सुरक्षाकर्मी फिर्ता गरिनेछ।

LIfe Ok

प्रवक्ता काफ्लेले कसका कति संख्यामा सुरक्षाकर्मी फिर्ता हुन्छन् भन्ने यकिन तथ्यांक भने भोलिसम्ममा आउने बताए।सरकारको यस निर्णयसँगै अब विशिष्ट र पूर्वविशिष्ट व्यक्तिहरूले तोकिएको सुरक्षा मापदण्डअनुसार मात्रै सुरक्षाकर्मी राख्न पाउनेछन्।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार