
काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र नेसपाबिच पार्टी एकताको प्रक्रिया सुरु भएको छ ।
हालै बसेका ती दलका बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूबिच पार्टी एकता गरेर अघि बढ्ने निर्णय गरेसँगै एकता प्रक्रियाको औपचारिक सुरुवात भएको हो ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाले कम्युनिस्ट एकताका लागि औपचारिक निर्णय नै गरिसकेका छन् ।
भदौ ३ गते बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न औपचारिक अपिल गरेको छ ।
‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी छ’, एकीकृत समाजवादीले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो चुनौतीपूर्ण परिस्थितिमा हाम्रो पार्टी कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्नका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल गर्दछ ।’
त्यस्तै एकीकृत समाजवादीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न पार्टीको तर्फबाट पहलकदमी अघि बढाउने निर्णय समेत गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्