
कोहलपुर । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटबाट खरानी भएको कोहलपुर नगरपालिकालाई प्याब्सन कोहलपुरले ६ लाख बढिको विद्युतीय सामाग्रीहरू सहयोग गरेका छन् ।
कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरूले संगठन प्याब्सनले मध्यनजर गर्दै ल्यापटप ३ थान, फोटोकपी मेसिन प्रिन्टर ४ थान, डेक्सटप कम्प्युटर १ सेट, ७५ इन्चिको मनिटर २ थान गरी ६ लाख ६० हजार ३ सय बराबरको सामाग्री हस्तान्तरण गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी दिए ।
कोहलपुर क्षेत्रमा रहेका विद्यालयहरूले आन्दोलनका कारण सेवा प्रभावित भै जनताको दैनिक कार्यमा असहज भएको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सामाग्री हस्तान्तरण गरेको केसीले बताए ।
कोहलपुर १० मा रहेको जीवन ज्योति विद्यालयबाट ३ लाख ८० हजार बराबरको १ थान डेक्सटप कम्युप्टर, १ थान फोटोकपी मेसिन, २ थान ७५ इन्चिीको मनिटर दिएको थियो ।
यस्तै गोरखा युनाइटेड स्कुलले ७२ हजार ९ सय, बागेश्वरी एकेडेमीबाट ६३ हजार ५ सय र अन्य विद्यालयहरूबाट गरि जम्मा ६ लाख ६० हजार ३ सय बराबरको सामाग्री हस्तान्तरण गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष केसीले बताए ।
प्याब्सनमा आबद्ध कोहलपुरका २८ वटा विद्यालयबाट आर्थिक सहयोग गरी सामाग्री संकलन गरिएको थियो ।
यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी तत्काल समस्यामा रहेको स्थानीय सरकार लाई संस्थागत विद्यालयहरूको सहयोगले जनताको सेवा प्रवाहमा सहजता ल्याउने बताए ।
उनले आन्दोलनका नाममा भएको आगजनी र लुटपाट बाट नगरपालिका पूर्ण रुपमा ध्वस्त भएको बताउँदै सेवा सुचारु गर्न हम्मे हम्मे परेको बताए । उनले संयोजन गर्ने प्याब्सन र सहयोगी विद्यालयहरूलाई धन्यवाद दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्