कृषि बजार व्यवस्थापन समिति कोहलपुरद्धारा कृषक परिचय पत्र वितरण




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कृषि बजार व्यवस्थापन समिति कोहलपुरले कृषक परिचय पत्र वितरण गर्न थालेको छ । मंगलबारदेखि कृषि बजार व्यवस्थापन समितिले गैर कृषकहरुलाई न्यूनिकरण गर्नका लागि कृषक परिचय पत्र वितरण गर्न थालेको हो ।

कृषि बजार व्यवस्थापन समिति कोहलपुरका व्यवस्थापक चित्रकला पाठकले गैर कृषकहरुलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ कृषक परिचय पत्र वितरण गर्न लागेको बताइन् ।

‘घरमा उत्पादन गरेका बस्तुलाई बजार ल्याई खुद्रामा विक्रि वितरण गर्ने किसानहरुलाई कार्ड लिनु पर्छ’ उनले भनिन्, ‘होलसेल कृषकहरुका लागि भने कृषक परिचय पत्र आवश्यकता पर्दैन ।’

घरमा उत्पादन गरेको भनि भारतीय बजारबाट ल्याई खुद्रा व्यापारीका रुपमा विक्रि वितरण गरेको पाइएपछि यो व्यवस्था गरेको व्यवस्थापक पाठकले बताइन् ।

यस्तै कृषि बजार व्यवस्थापन समिति कोहलपुरका अध्यक्ष उदिराम वलीले बाँकेमा खेतीकिसान गरी उत्पादन गर्ने किसानहरु कति रहेछन् ? भन्ने तथ्थांक सम्बन्धी जानकारी हुने बताए ।

कृषकहरुका लागि थप नयाँ स्थान समेत तोकेका छौं उनले भने भेरी शित भण्डारको पूर्व साइडमा नयाँ संरचना निर्माण भइसकेको र त्यसलाई अब केही दिनमा नै सञ्चालन गर्ने गरी काम भएको अध्यक्ष वलीले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार