
कोहलपुर । कोहलपुर नगरपालिकामा सल्यानी कोहलपुर एकता समाजको तदर्थ समिति गठन भएको । विजया दशमी तथा शुभ दीपावली २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरी कोहलपुर नगर क्षेत्रको तदर्थ समिति निर्माण गरिएको हो ।

प्रकाश शाहको नेतृत्वमा तदर्थ समिति चयन गरिएको हो । जसमा यम रावत, प्रकाश शाह, डा.श्याम वि.क., ऋषी शर्मा, ओपेन्द्रनाथ योगी, लाल बहादुर राना, जिवन विसी, डम्बर बहादुर खड्का, बलराज खत्री, गोविन्द डाँगी, रविन बस्नेत, बासुु शर्मा, कर्ण बहादुर बुुढाथोकी हिरालाल नेपालि इन्द बहादुर बुुढाथोक, ओम प्रकाश वली, लाल बहादुर वली, भीम रावत, हरी के.सी, रिता के.सी, रिता चन्द, डिल्ली शाही, कोष खड्का, नारायणी वली, गोपाल के.सी, दोर्ण जैसी, डिल बहादुुर बोहोरा, डिल बहाद वली, शिव सुुनार, केशव शर्मा, चन्द्र शेखर र पूर्ण बहादुर पुन चयन भएका हुन् ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथि तथा यम रावतको सभापतित्व कार्यक्रम गरिएको थियो ।
नगरपालिका प्रमुख आचार्यले बाँकेमा आई बसोबास गर्ने सम्पूर्ण सल्यानीहरुको एउटै समितिमा अट्ने गरी निर्माण गनुपर्ने बताए । एउटा एकातिर/अर्को उतातिर भन्दा पनि सल्यानीहरुको एउटै समिति निर्माण गरी सबैलाई एक ढिक्का भएर अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।
पूर्व नगर प्रमुख लुट बहादुर रावतले पञ्चायतदेखि नै हालसम्म कोहलपुरमा सल्यानीहरुकै नेतृत्व भएको र आगामी दिनमा पनि सल्यानीहरुकै नेतृत्व हुने बताए । ‘सल्यानीहरु एक ढिक्का छन् भन्ने मलाई लागेको छ’ रावतले भने, ‘तर अहिले काँही कतै बाटो अल्मलिएको जस्तो महशुस गरेको छु ।’ तर यसलाई तत्काल यस तदर्थ समितिले पूर्णता दिने विश्वास दिलाए ।
तदर्थ समितिले दुवै सल्यानी सेवा समाज र सल्यानी समाज बाँकेका पदाअधिकारीहरु संगको भेटघाट र सम्बाद मार्फत एउटै बलियो समिति बनाउन पूर्व नगर प्रमुख रावतले आग्रह गरे ।

कार्यक्रममा सहभागिता जनाएका व्यक्तिहरुले पनि परिचयात्मक दिँदै सल्यानीहरुको एउटै समिति बनाउनुपर्नेमा जोड दिएका थिए ।
सल्यानी समाज बाँके र सल्यानी सेवा समाज बाँके गत २०७९ साल ०६ महिना २९ गते नेपालगञ्जको ग्यालक्सी होटलमा सल्यानी एकता समिति बाँकेका संयोजक जयबहादुर केसीको सभापतित्वमा एकता अधिवेशन गरी नयाँ नेतृत्वको रुपमा दशरथ चन्दलाई स्वीकार गरेकाे थियो ।

पछिल्लो समयमा संयुक्त रुपमा एकता अधिवेशन पश्चात चयन भएको टिमलाई बहिष्कार गरी सल्यानी एकता समाज बाँकेले छुट्टै कार्यक्रम गरेपछि पुनः विवाद हुन पुगेको र सो विवाद अहिले पालिका स्तरसम्म असर पुगेकाे देखिन्छ ।
विवाद तिव्र बढेपछि अहिले पालिका स्तरमा तदर्थ समिति गठन भएको छ । तदर्थ समितिले अब जिल्ला स्तरीय समितिलाई समन्वय समितिका रुपमा लिने र कार्यकारी भूमिकामा भने पालिका हुने प्राबधानका साथ अगाडी बढेको सल्यानी यम रावत बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्