
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको लाइफ ओके कम्पनीको खानेपानीको वाेतलमा लेदो भेटिएको छ । शुक्रबार कोहलपुर नगरपालिकाले लाइफ ओके कम्पनीको ५ पेटी खानेपानीको वाेतल बरामद गरेको थियो ।
लाइफ ओकेको कम्पनीको खानेपानीका जार र वाेतलमा पटक पटक समस्या आउने गरेको छ ।
असोज ३ गते कोहलपुर ११ दशविगाह नजिकैको अमृत मेमोरियल हस्पिटल र काठमाण्डौं टेष्टी मःमबाट लाइफ ओके कम्पनीको ५ पेटी खानेपानीको वाेतल बरामद गरेको कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिए ।
जनताको प्रत्यक्ष रुपमा असर हुने र गम्भिर स्वास्थ्यमा समस्या आउने खानेपानी बजारमा ल्याउँदा ग्राहकवर्गको स्वास्थ्यमा ठुलो समस्या हुने हस्पिटलका सञ्चालक सन्दिप कुमारले बताए । ‘लाइफ ओके कम्पनीको खानेपानी प्रयोग गरिरहेको र पटक पटक समस्या आउने गरेको देखिन्छ तर यसपटक त लेदो नै भेटियो,’ उनले भने, ‘यसले आम मानिसको स्वास्थ्यमा गम्भिर समस्या ल्याउँछ ।’ यस्तो लेदो भएको पानी उत्पादन गर्ने कम्पनीलाई कडा कारवाही हुुनुपर्ने उनको दावी छ ।
कोहलपुर नगरपालिकाले साउन महिनामा ल्याव टेष्टका लागि लाइफ ओकेको नमूना संकलन गरी गुण नियन्त्रण कार्यालयमा पठाएको थियो । तर सो को रिपोर्ट नगरपालिका नदिई सिधै लाइफ ओके कम्पनीको कार्यालयमा गई सुुझाव मात्र दिएर गएको र आर्थिक चलखेल भएको नाम नबताउने शर्तमा स्रोतले जनाएको छ ।
कोहलपुर टुडेसंग कुराकानी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त प्रोख्रेलले वडा, पालिका र प्रदेशले समेत कारवाही गर्न मिल्छ उहाँहरुले कारवाही गर्न पाउने अधिकार छ हाम्रो मुख ताक्नुपर्दैन भन्दै गैर जिम्मेवार जवाफ दिएका छन् ।
लाइफ ओके कम्पनीका सञ्चालक नरेन्द्र शर्माले प्रसोधन मेसिनमा समस्या आएको जस्तो देखिएपछि खानेपानी उत्पादन बन्द गरेको बताए । नयाँ मेसिन ल्याएको र पुनः पनि यस्तै समस्या आयो भने पूर्ण रुपमा बन्द गर्ने उनको दावी थियो ।
भिडियाे हेर्नुहाेस् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्