देशव्यापी सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय, असोज ५ देखि अग्रिम टिकट खुलाउने तयारी




 

काठमाडौं ।  सरकारले देशभर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । ‘जेनजी’ आन्दोलनका कारण प्रभावित बनेको यातायात सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आइतबार (भदौ २९) सिंहदरबारमा बसेको बैठकले साे निर्णय गरेकाे हाे । प्रदर्शनका कारण एक सातादेखि देशभर सार्वजनिक यातायात रोकिएका थिए ।

सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव भरत नेपालले देशव्यापी रूपमा यातायात सञ्चालन भएको जानकारी दिए ।

“आजको बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ । अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुला गर्ने तयारी छ,” उनले भने ।

दसैँको अग्रिम टिकट बुकिङका लागि समिति समेत गठन गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार