
कञ्चनपुर । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म १२४ जना कैदीबन्दी फिर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका ४७९ कैदीबन्दीमध्ये आजमात्र १०३ जनालाई कारागार फिर्ता गरिएको छ ।
“केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौँ, बुझाउँदैछौँ”, उनले भने, “केही आफैँ कारागारको सम्पर्कमा पुगेका हुन् ।”
उनका अनुसार २१ जना कैदीबन्दी कारागारबाट भागेका थिएनन् । अझै ३५५ कैदीबन्दी फरार छन् ।
कारागारमा ४५३ पुरुष र २६ महिला गरी ४७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी १६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्