Kohalpur Today Header Ads

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयास जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई संकटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत गौतमले जेन–जी आन्दोलनले निकासा खोजिरहेको बेला संसद विघटनबारे भइरहेको छलफललाई खतरनाक संकेत भन्दै चेतावनी दिइन्। उनका अनुसार संसद विघटन हुनु भनेको “जनता संकटमा पर्नु, जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्नु” हो।

उनले भनिन्, “नेता पो भ्रष्टाचारी भएका हुन्। ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो।”

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

सांसद गौतमले आन्दोलनको समाधान गर्न संवाद र निकास दिनुपर्नेमा जोड दिँदै संसदलाई जोगाउनुपर्ने आवश्यकता दोहोर्याएकी छन्।

उनले सोमबारको आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई अपराधी करार गर्दै कानुनी कारबाही गर्नुपर्ने माग गरिन्। “गोली चलाउनेहरू र चलाउन आदेश दिनेहरू अपाराधी हुन्। उनीहरूलाई कानुनको कठघरामा उभ्याउनुपर्छ,” उनले भनिन्।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार