कोहलपुर । बाँके लगायत देशभरी जेनजी पुस्ताले सरकारी संरचना (व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका) र स्थानिय तहका संरचना र नेताको घरमा आगजनी गरेका छन् ।
सोही अनुसार कोहलपुरमा पनि जेनजी पुस्ताले कोहलपुर नगरपालिका, वडा कार्यालय, इलाका प्रशासन, आन्तिरिक राजस्व कार्यालय, नगर पूमुख पूर्ण प्रसाद आचार्यको घर आगजनी गरेका छन् ।
जेनजी समूहले भदौ २४ गते विहान शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भनिएता पनि अन्तिममा विध्वंस नै मच्याएको छ । कोहलपुर नगरपालिकाको गेटमा पुग्दा नेपाल प्रहरीले असुली ग्यास प्रहारसंगै गोली चलाएको थियो । त्यसपछि थप उग्र बनेको जेनजी पुस्ताले नगरपालिकामा भएका सवारी साधन, व्यक्तिगत सवारी साधन, उपप्रमुख चढ्ने स्कापियो लगायत अन्य संरचना पुरै आगजनी गरेका थिए ।
नगरपालिकामा भएका एम्बुलेन्स बाहेक सबै संरचना पूर्ण रुपमा क्षति भएको छ ।

त्यसपछि क्रमशः सरकारी कार्यालय आगजनी गर्ने योजना सहित अगाडी बढेको सो युवा पुस्ताले आन्तिरिक राजस्व कार्यालय आगजनी ग¥र्यो । आगजनी पछि लुटपाट सुरु भयो ।
एकातिर लुटपाट भयो भने अर्को तिर इलाका प्रशासन कार्यालयमा आगजनी गरे । विद्युत कार्यालय र विभिन्न पार्टीका कार्यालयहरुमा समेत तोडफोड गरे ।
यस्तै नेपाली सेनाले बुधबार बेलुकीसम्म निषेधाज्ञा जारी गरेको छ । बुधबार बिहान जनसम्पर्क तथा सूचना निर्देशनालयले अपिल जारी गर्दै बेलुकी ५ बजेसम्मलाई निषेधाज्ञा रहेको जानकारी दिएको हो ।
नेपाली सेनाले भनेको छ ‘व्यक्ति र सम्पत्ति लक्षित आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ’ । निषेधाज्ञा तथा कफ्र्यूको समयमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य नचलाउन पनि सेनाले अनुरोध गरेको छ ।

एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनहरूमात्रै सञ्चालन हुन सक्नेछन् ।
त्यस्तै सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरूलाई दण्डनीय अपराधका रूपमा कडा कारबाही गर्ने समेत चेतावनी दिएको छ ।
आन्दोलनका नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवं व्यक्ति लक्षित हिंस्रक आक्रमण बलात्कार प्रयास जस्ता क्रियाकलाप गरिरहेको पनि सेनाले जनाएको छ ।
नेपाली सेनाले अवकाश प्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई अफवाहको पछि नलाग्न र आधिकारिक सूचनाको मात्रै सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्