काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुर स्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् ।
जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् ।
यसअघि काठमाडौंमा प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पनि ढुंगामुढा गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्