काठमाडौं । नयाँ पुसताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ ।
कर्फ्यु आदेशका बाबजुत पनि देशका धेरै ठाउँमा युवाहरुले प्रदर्शन गरिरहेका छन् ।
काठमाडौं उपत्यका तीनै जिल्लामा कर्फ्यु आदेश भए पनि सबै ठाउँमा प्रदर्शन भइरहेको छ ।
उपत्यकामा चक्रपथभित्र कर्फ्यु आदेश जारी गरिएको छ । तर, प्रदर्शन रोकिएको छैन ।
ललितपुरमा रहेको सञ्चारमन्त्रीको घरमा आगजनी भइसकेको छ । सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
सातदोबाटो र कलंकीस्थित चक्रपथ सडकमै प्रदर्शनकालीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्