अपडेटः प्रचण्ड निवासमा आगजनी




काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार