
काठमाडौ। मिटर ब्याजपीडित फेरि आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाईमा उनीहरु आन्दोलित भएका हुन् ।
आइतबार उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् । जाली तमसुक खारेज गरी मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । मिटिर ब्याज तिर्न नसक्दा गुमेको जग्गा फिर्ता दिनुपर्ने समेत उनीहरुको माग छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार












प्रतिक्रिया दिनुहोस्