कोहलपुरका संस्थागत विद्यालयमा कालो झण्डा राखेर शिक्षा विधेयकविरुद्ध बस ¥याली




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुले बसमा कालो झण्डा राखेर शिक्षा विधेयकविरुद्ध बस ¥याली गरेका छन् ।

शिक्षा विधेयकमा दुई वटा बुँदामा असहमति जनाउँदै संस्थागत विद्यालयहरुले बसमा कालो झण्डा राखेर शिक्षा विधेयकविरुद्ध बस ¥याली गरेका छन् ।

प्याब्सन कोहलपुरको आयोजनामा विद्युत चोकदेखि सुरु भएको ¥याली हवल्दारपुर हुँदै कोहलपुर चौराहासम्म पुगेको थियो । ¥यालीमा विद्यालय बस र सञ्चालकहरूको सहभागिता थियो।

सञ्चालकहरूले संसदमा पेस भएको विद्यालय शिक्षा विधेयकमा उल्लेखित ‘पूर्ण छात्रवृत्ति’ र ‘गैरनाफामूलक बनाउने’ जस्ता प्रावधान निजी विद्यालयको हितविपरीत रहेको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार सो प्रावधान हटाउन माग गर्दै सरकारलाई चाँडो सच्याउन चेतावनी दिएका छन् भने प्याब्सनका पदाधिकारीहरूले विधेयक यथावत् रहे निजी विद्यालयहरूको अस्तित्व संकटमा पर्ने भएकाले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने बताए ।

सच्याइएको : झण्डा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । स.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार