
कोहलपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १८औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा बाँकेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरलाई देशकै ‘उत्कृष्ट पुस्तकालय’ को रुपमा सम्मान गरेकाे छ ।
वि.स. २०५८ मा बाँके जिल्लाको कोहलपुरमा स्थापना भएको ज्ञानोदय सामुदायिक पुस्तकालयले समुदायमा ज्ञान, सीप र चेतनाको विकासमा पु¥याएको योगदानको मुल्याकंन गर्दै सम्मान गरिएको हो ।
विशेषतः पठनसंस्कृतिको प्रबद्र्धन, सामुदायिक सचेतना कार्यक्रम तथा शैक्षिक एवम् सूचनामुलक सेवामार्फत स्थानिय समुदायको विकासमा खेलेको भूमिकाको उच्च मुल्याकंन गर्दै अठारौं पुस्तकालय दिवस, २०८२ को अवसरमा ‘उत्कृष्ट पुस्तकालय’ को रुपमा सम्मान गरिएको थियो ।
यस्तै पुस्तकालय स्थापना कालका संस्थापक व्यक्तित्व, स्थापना कालदेखिका निर्वाचित कार्यसमिति, कोहलपुर स्थानीय सरकार, पुस्तकालयका पाठक, पुस्तकालयमा सम्मानित हुनुहुने महानुभाव, पुस्तकालय प्रेमी, संस्थागत सदस्य, आजिवन सदस्य, साधारण सदस्य, रिड नेपाल, तत्कालीन कोहलपुर गा.वि.स, कोहलपुर नगर विकास समिति, नेपाल सामुदायिक पुस्तकालय संघ केन्द्रिय समिति, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, समाजसेवी बुद्धिजीवी, विभिन्न संघसंस्था, कोहलपुरमा क्रियाशिल विभिन्न राजनीतिक दल, कोहलपुरका सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत हालको कार्यसमिति सबैको सहयोगमा सम्मानित हुने अवसर प्रदान गरिदिनुभएकोमा सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोग र सल्लाहको अपेक्षा रहेको पुस्तकालयका सचिव एकराज शर्माले बताए ।

यस्तै पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले कोहलपुरमा मात्र नभई बाँके जिल्लाको सामाजिक क्षेत्र, साहित्यक क्षेत्र, शैक्षिक क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै सम्मानित गराउन योगदान पु¥याउनु हुने सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय सरकारप्रती पुस्तकालय परिवारको तर्फबाट विशेष आभार सहित धन्यवाद दिए ।
उनका अनुसार कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय देशभरीकै ‘उत्कृष्ट पुस्तकालय’ का रुपमा सम्मानित हुन पाउनु कोहलपुरबासीको लागि खुसीको खबर सुनाउँदै यहाँहरुको अथक मेहनत र सहयोगबाट पुस्तकालयको गरिमा बढेको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्