कोहलपुर । १८औं राष्ट्रिय पुस्तकालय दिवसमा ज्ञानोदय पुस्तकालयको बृहत प्रभातफेरी तथा रक्तदान कार्यक्रम गरेको छ ।
आइतबार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका कार्यवहाक अध्यक्ष मणि प्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा बृहत प्रभातफेरी तथा रक्तदान कार्यक्रम गरिएको हो । बृहत प्रभातफेरी कार्यक्रममा कोहलपुरको न्यूरोड हुँदै साझा चोकसम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले देशकै उत्कृष्ट पुस्तकालय बनाउन सफल भएकोमा स्थापना कालदेखि हालको कार्यसमितिलाई धन्यवाद दिएकी थिइन् । ‘यो पुस्तकालय ज्ञानको भण्डार हो’, उनले भनिन्, ‘समाज र राष्ट्रलाई केन्द्रिकृत गरी उर्जा थप गर्नेछ ।’ नेपालका उच्च पद हासिल गर्न यस्ता किसिमका पुस्तकालयहरुबाट नै सम्भव हुने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा सभापति तथा कार्यवहाक अध्यक्ष मणिप्रसाद गैरेले वृहत प्रभातफेरि कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवाला निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग हुने विश्वास व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
प्रभातफेरि कार्यक्रममा जनज्योति पब्लिक स्कुल, पञ्चमुखी ईमि स्कुल, कोहलपुर माध्यमिक विद्यालय, शिवशक्ती आधारभूत विद्यालय, त्रिभुवन नमुना माध्यमिक विद्यालय, डाईनामिक ईमि स्कुल बैजनाथ, बागेश्वरी एकेडेमी कोहलपुर लगायतका विद्यालय, कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुर, कोहलपुर नगर प्रहरीको सहभागिता भएको थियो ।

रक्तदान कार्यक्रमको उपसमिति संयोजक पवित्रा ढकालले स्वागत मन्तव्य राखेका थिइन् । पुस्तकालयका सचिव एकराज शर्माले कार्यक्रम सञ्चालन गरेका थिए भने रक्तदान कार्यक्रममा ३१ प्वाइन्ट रगत संकलन गरिएको छ ।

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, पुस्तकालयका पुर्व कार्यसमिति सदस्य समाजसेवी राजनीतिज्ञ बलराम भट्टराई, उद्योग वाणिज्य संघ कोहलपुरका वरिष्ठ उपाध्यक्ष चण्डी गैरे, पुर्व कार्यसमिति सदस्य प्रताप देवकोटा, हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठानका अध्यक्ष पुस्करनाथ रिजाल, गजलकार कपिल अन्जान, वैदिक धर्मपरिषद् नेपाल बाँकेका सहसचिव दिनेश उपाध्याय, बुद्धिजीवी सुर्य बहादुर रोकाय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँके लगायतको उपस्थिति रहेको थियो ।



कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्