बाँसगढीमा किसानले अझै पाएन्न धानबालीको राहत

रावन, बिश्वकर्मा, बर्दिया ।

बर्षातले धान भिजेर क्षति वेहोरेका किसानले अझै राहत पाउन सकेका छैन्न । धान भित्र्याउने बेला परेको अविरल बर्षाका कारण खेतमा खाटेर राखिएको किसानहरुको धान बाली भिजेर नष्ट भएको थियो । बेमौसमी बर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने नेपाल सरकारले मापदण्ड समेत बनाएको छ । तर महिनौ बितिसक्दा पनि बर्दियाको बाँसगढी नगरपालिकाका किसानले अझै राहत पाउन सकेका छैन्न ।

बाँसगढी नगरपालिकाले वडा कार्यालयहरु मार्फत भिजेका धानबाली क्षेतिको लगत संकलन समेत गरेको छ । लगत संकलन गरेको लामो समय बितिसक्दा पनि किसानले राहत पाउन नसकेको गुनासो गरेका छन् । बर्षातले बाँसगढी नगरपालिकामा ४ हजार ८ सय ७६ जना किसानको ४६ हजार ८ सय ६७ कट्ठामा लगाईएको किसानको धान बालीमा क्षति पुर्याएको नगरपालिकाले लगत संकलन गरेको छ ।

किसानले लगाएको ६७ हजार २० कुईन्टल झण्डै १५ करोड ४४ लाख १५ हजार ९१ रुपैयाँ बराबर क्षति रकम मध्य ५ करोड ७२ लाख ९ हजार १ सय ४५ रुपैया क्षति रकम दाबि माग गर्दै संघिय सरकारलाई पठाई सकेको बाँसगढी नगरपालिका कृषि शाखा प्रमुख लाल बहादुर खड्काले बताउनुभयो । दावि माग गरिएको रकम आए सँगै सम्बन्धी किसानहरुको बैक खातामा जम्मा गरिने समेत पशु शाखा प्रमुख खड्काले बताउनुभयो ।

बर्षातले धान भिजेका किसाहरुलाई राहत दिने भनि सरकारले बनाएको कार्यबिधि अनुसार पुर्ण क्षति भएका साना किसानहरुको हकमा ६५ प्रतिशत, मध्यम क्षेति भएका किसानहरुको हकमा ३० प्रतिशत र ठुला किसानहरुको हकमा २० प्रतिशत सम्बन्धीत किसानले क्षतिपुर्ति पाउने भनिएको छ । त्यस्तै आशिंक क्षेति भएका किसानहरुले २० प्रतिशत क्षेतिपुर्ति पाउने भनिएको छ ।

किसानको क्षति भएको धान बालीको स्थानिय विपद् व्यस्थापन समितिले निर्णय गरी जिल्ला विपद् व्यस्थापन समिति पठाएको जिल्लाबाट संघिय सरकारलाई क्षतिपुति रकमको माग दाबी सहित पठाईएको बाँसगढी नगरपालिकाले जनाएको छ । माग दावि अनुसारको रकम निकास भईसकेको र अवको केहीमा वितरण प्रक्रिया अगाढी बढाईने बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले जानकारी दिनुभयो । असोज ३१ गते देखी कार्तिक ५ गते बर्दिया लगायत देशका सबै स्थानहरुमा अविरल बर्षा भएको थियो ।