
कोहलपुर । नेपाल शिक्षक महासंघ कोहलपुर नगर कमिटीले शुक्रबार नगरपालिकाको कार्यालयमा धर्ना दिएको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत नगर कमिटीले नगरपालिकाको कार्यालयमा बिहान १२ बजेदेखि २ बजेसम्म धर्ना दिएको हो ।
नगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका शिक्षकले केन्द्रीय कार्यक्रमअनुसार ज्ञापनपत्र नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई बुझाएका छन् । नगर कमिटी अध्यक्ष निम प्रकाश थापाको नेतृत्वमा रहेको शिक्षक महासंघको टोलीले नगर प्रमुख आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सरकारसंग यसअघि भएका सहमति कार्यान्यवनका लागि दवाव दिन शिक्षकहरुको छाता संगठनको रुपमा रहेको महासंघले विरोधका कार्यक्रम घोषणा गरेको थियो । सोही अनुसार कोहलपुरसंगै बाँकेका सबै स्थानीय तहमा महासंघले ज्ञापन पत्र बुझाएको हो । केन्द्रीय कार्यक्रम अन्तर्गत शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा साउन भदौ १५ गते धर्ना दिनेछन् ।
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक, २०८० प्रति विमति जनाउँदै आज देशव्यापी धर्ना कार्यक्रम गरिरहेको छ । शिक्षक महासंघले शिक्षा विधेयकले शिक्षकमाथि अन्याय गरेको र सार्वजनिक शिक्षा प्रणालीलाई कमजोर बनाउने खतरा रहेको भन्दै निरन्तर विरोधका कार्यक्रम घोषणा गर्दै आएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्