वीरगन्जमा हालसम्म हैजाबाट ६२४ जना संक्रमित, तीनजनाले गुमाए ज्यान




काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा हालसम्म ६२४ जनामा हैजाका संक्रमित भेटिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले उक्त जानकारी दिएका हुन् ।

“वीरगन्जमा हैजा महामारी फैलिएको छ । जनतामा भयको वातावारण, पीडा र क्षतिको वातावरण बनेको छ,” प्रधानमन्त्री ओलीले भने, “हालसम्म जम्मा ६२४ जनामा हैजा संक्रमण भएको पाइएको छ, जसमध्ये ४३७ निको भइसकेका छन् । अझै १८७ सक्रिय केस छन् । गएको २४ घण्टामा ८४ केस थपिएका छन् । दुःखद कुरा तीनजनाको निधन भएको छ ।”

सरकारले हैजा नियन्त्रण गर्ने प्रयासलाई तीव्रता दिइरहेको उनले बताए । सकेसम्म रोग फैलिन नपाओस्, त्यसको निधान गर्न सकियोस् र रोकथाम पूर्णरूपमा गर्न सकियोस् भन्नेतर्फ सरकारको ध्यान गएको उनले जनाए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार