साफ यू–१७ च्याम्पियनसिपमा भारतसँग भिड्दै नेपाल




दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल आज अपराह्न ६ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ। डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छ।

तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ।

९ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन्। नेपाल उपाधि होडबाट भने बाहिरिसकेको छ।

प्रतियोगितामा आफ्नो चौथो खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो।

तेस्रो खेलमा पनि नेपाल बंगलादेशसँग ३-० गोलले पराजित भएको थियो। त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो।

नेपालले अन्तिम खेल भदौ १५ गते भुटानसँग खेल्नेछ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार