
शुदाम शर्मा, कर्णाली व्यूराे प्रमुख । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको खलङ्गामा रहेको सम्पर्क कार्यालयमा लागेको ताला खुलेको छ । मुसिकोट नगरपालिका १ खलङ्गाको तल्लो बजारमा रहेको कार्यालयमा गत चैत्रमा तीन वटा सङ्गठनले लगाएको ताला आज खोलिएको हो ।
सदस्यता सुद्धिकरण तथा सिफारिस, आर्थिक पारदर्शिता, समानुपातिक विज्ञापन प्रणाली, पत्रकार आचार संहिता र पत्रकार महासङ्घलाई साझा बनाउनुपर्ने माग सहित प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस सङ्गठन रुकुम पश्चिमले चैत्र ५ गते तालाबन्दी गरेका थिए ।
लामो समयको छलफल र संवाद पछि आज ताला खुलेको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मीले जानकारी दिए । असन्तुष्ट पत्रकार सङ्घ सङ्गठनहरूसँगको छलफलबाट ताला खोल्न सफल भएको उनको भनाई छ ।
‘तीन सङ्गठनले उठाएका मागप्रति महासंघ सकारात्मक छ, उनहरूले उठाएका मागका विषयमा महासंघ र जिल्लास्थित सबै पत्रकार सङ्घ सङ्गठनका बिचमा छलफल गरी काम गर्ने गरी सहमति भएपछि उहाँहरू ताला खोल्न सहमत हुनुभयो,’ उनले भने ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्