शिक्षा ऐन निति विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेको अगाडी कोणसभा




कोहलपुर । जिल्ला प्रशासन कार्यालय बाँके अगाडी पाँच वटा शैक्षिक संस्थाहरुले शिक्षा ऐन निति विरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभा गरेका छन् ।

बिहिबार प्याब्सन, एन प्याब्सन, हिसान, अपेन र एनएमएले जिल्ला प्रशासन कार्यालय बाँके अगाडी पाँच वटा शैक्षिक संस्थाहरुले शिक्षा ऐन निति विरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभा गरेका हुन् ।

प्रस्तावित शिक्षा विधेयकबाट निजी विद्यालय गैर नाफामुलक हुनुपर्ने र पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान नहटाएसम्म आन्दोलन जारी रहने संघसंगठनहरुले बताएका छन् । प्रस्तावित शिक्षा विधेयक निजी विद्यालय अनुकूल नभएको अवस्थामा आन्दोलन चर्किने मात्र होइन, विद्यालय बन्द गरेर ताला चाबी सरकारलाई हस्तान्तरण गर्ने चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा सबै संगठनका पालिका अध्यक्ष, जिल्ला अध्यक्ष, प्रदेश र केन्द्रका पदाअधिकारी सहित करिब ५५ जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार